शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली : कांग्रेस संसदीय दलका नेता शाहीले गाडी फिर्ता गर्दै भने, ‘करोडौंका गाडी चढ्ने हाम्रो हैसियत होइन’

कर्णाली : कांग्रेस संसदीय दलका नेता शाहीले गाडी फिर्ता गर्दै भने, ‘करोडौंका गाडी चढ्ने हाम्रो हैसियत होइन’

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन्।
 |  शुक्रबार, जेठ २३, २०७७

देव राना

देव राना

शुक्रबार, जेठ २३, २०७७

सुर्खेत- कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पौने दुई करोडको गाडी खरिद गरेर आलोचना खेपिरहेका बेला नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन्।

National life

उनले प्रतिपक्ष दलका नेताको हैसियतले पाएको स्कारपियो गाडी सुविधा सरकारलाई फिर्ता गरेका हुन्।

‘गरिब प्रदेशका सभामुख, मन्त्री र सांसदले करोडौंका गाडी चढ्ने भनेर आलोचना भएको छ, करोडौंका गाडी चढ्ने हाम्रो हैसियत पनि होइन’, उनले भने, ‘गरिब प्रदेश भनिरहने अनि महँगा गाडी पनि चढिरहने व्यवहार ठिक लागेन, त्यसैले मैले पाएको सुविधा फिर्ता गरेको हुँ।’

कर्णालीका मन्त्री, सभामुखको हैसियत कम मूल्यको मारुती गाडी र सांसदले मोटरसाइकल चढ्ने रहेको उनको भनाइ छ।

कोरोना महामारीका बेला सांसदले पाउँदै आएको निर्वाचन क्षेत्र विकास कोषको बजेट पनि कटौती गर्नुपर्ने माग उनको छ।

Laxmi sunrise bank
kumari

कर्णाली प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा विपक्षी दलका नेताले गाडी सुविधा र १५० लिटर इन्धन पनि पाउने व्यवस्था छ।

सांसद शाहीले प्रयोग गर्दै आएको स्कोर्पियो गाडी र साँचो संसद सचिवालयलाई बुझाएको कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जनाए। कोरोना महामारी भएकै समयमा कर्णालीका सभामुखले पौनै २ करोडको गाडी किनेपछि उनको सर्वत्र आलोचना भएको छ।

प्रकाशित: Jun 05, 2020| 16:05 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।