सोमबार, भदौ ८, २०८३

लगातार संक्रमित बढेपछि दैलेखमा निषेधाज्ञा

कर्णाली प्रदेशमा कोरोनाको हब बनेको दैलेख जिल्लाका दुईवटा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

दैलेख- कर्णाली प्रदेशमा कोरोनाको हब बनेको दैलेख जिल्लाका दुईवटा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

छोटो समयभित्रै जिल्लामा २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मुख्य गरी सदरमुकाम रहेको नारायण नगरपालिका तथा दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरिएको हो।

कोरोना भाइरसको संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलन नदिन जिल्लाभर प्रतिकुल प्रभाव पर्न सक्ने कुनै किसिमका गतिविधि हुन र गर्न नदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखद्वारा जारी सूचनामा उल्लेख छ।

निषेधाज्ञा अवधिमा नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु अ‍ैषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा, खानेपानी तथा विद्युत संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी तथा वितरणलगायतका सेवाहरु सञ्चालन हुन पाउनेछन्।

जिल्लाको नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ–भिरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लू नगरपालिकाको पूर्वमा माथिल्लो डुंगेश्वर–चुप्रा–शिरस्थान, पश्चिममा पादुकाखोला–कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपाकिा र दक्षिणमा तल्लो डुंगेश्वरभित्र प्रवेश गर्न गराउन रोक लगाइएको छ।

प्रकाशित: Jun 05, 2020| 15:41 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।