सोमबार, भदौ ८, २०८३

क्वारेन्टिनमा बसेका सबैको पीसीआर परीक्षण नगरिने

अब क्वारेन्टिनमा बसेका सबैको रियल टाइम पोलिमर चेन रियाक्सन (आरटीपीसीआर) विधिबाट कोरोना परीक्षण नहुने भएको छ ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

अब क्वारेन्टिनमा बसेका सबैको रियल टाइम पोलिमर चेन रियाक्सन (आरटीपीसीआर) विधिबाट कोरोना परीक्षण नहुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार कुनै पनि लक्षण नभएका तर क्वारेन्टिनमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण गरिने छैन।

आइसोलेसनमा रहेका, प्रभावित क्षेत्रबाट आएका, संक्रमितको सम्पर्कमा रहेका, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, शल्यक्रिया गर्नुपर्ने विरामीलाई प्राथमिकतामा राखिएको छ ।

क्वारेन्टिनमा रहेका व्यक्तिहरुमा कुनै लक्षण देखिएमा भने उनीहरुको पनि पीसीआबाटै परीक्षण गरिनेछ । तर क्वारेन्टिनमा बसेको १४ दिनपछि उनीहरूलाई आरडीटी विधिबाट परीक्षण गरिने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका अनुसार लक्षण नभएका संक्रमितहरु क्वारेन्टिनमा १४ दिन बिताइसकेकालाई परीक्षण गरिने छैन । त्यस्तै लक्षण भएका संक्रमितहरु पनि १४ दिनभन्दा बढी आइसोलेसनमा रहेका र लक्षण देखिन छोडेको ३ पुगेपछि उनीहरुलाई परीक्षण नगरिने निर्देशिकामा उल्लेख छ ।

 

प्रकाशित: Jun 05, 2020| 14:51 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।