सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशबाट उद्धार गरेर ल्याएकालाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

विदेशबाट उद्धार गरेर ल्याएकालाई राख्न एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ। सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ। सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया आजदेखि शुरु गरेको हो । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।

पहिलो उडानका रूपमा म्यान्मा सेनाको जहाजबाट आएका नेपालीमध्ये प्रदेश नं १ र २ का नागरिकलाई होल्डिङ सेन्टरमा राख्ने तयारीका साथ वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै भक्तपुर अस्पताल र सेनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालित छन् ।

सो सेन्टरमा नेपाल रेडक्रस सोसाइटीका भक्तपुर शाखाका स्वयंसेवक प्रदेश नं १ का नागरिकलाई होल्डिङ गर्ने सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैक्वेट र प्रदेश नं २ को नागरिक होल्डिङ गर्ने मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटमा खटिएको छ ।
नेपाली सेनाको टोलीले हिजो नै दुवै सेन्टरमा विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा कसरी व्यवस्थापन गर्ने र के–के प्रक्रिया कसरी पूरा गर्ने भन्नेबारेमा अभ्याससमेत गरेको थियो ।

सो गणका गणपति एवं कर्नेल शिव पौडेलले म्यानमारबाट आउने नागरिकलाई लिन सेनाको गाडीसहित त्रिभुवन विमानस्थल गएको जानकारी दिए। उनका अनुसार होल्डिङ सेन्टर आवश्यक सबै तयारी पूरा गरी सेना, सशस्त्र र नेपाल प्रहरीको टोली, भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक, सिमकार्ड वितरण गर्ने, व्यक्तिगत विवरणसहितको फाराम भराउने, आराम गराउने, खानाको व्यवस्थापन गर्नेलगायत टोली तयारी अवस्थामा रहेको छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको होल्डिङ सेन्टर निर्माण गरिएको उनले जानकारी दिए। उनका अनुसार म्यान्मा रहेका नेपाली नागरिक लिएर आएको टोलीमा प्रदेश नं १ का एक जना मात्रै रहेपछि उनलाई काठमाडौँकै सेन्टरमा पठाए पनि आजै अपराह्न अन्य मुलुकबाट आउने नागरिकलाई भने यहाँका दुईवटै होल्डिङ सेन्टरमा राखिने भएको छ ।

ती दुई प्रदेशका एक हजार व्यक्तिलाई राख्न सकिने गरी व्यवस्थापन गरेको, प्रदेशले व्यवस्था गरेको बसमा राखेर नपठाएसम्म बस्ने, आराम गर्ने र २० जनासम्म सुत्न मिल्ने गरी श्ययाको व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने राधेराधेको इजी वे ट्रायल सेन्टरमा ल्याएर राखेर त्यहीबाट जिल्लाका चारवटै नगरपालिकाले आ–आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टिनमा लैजाने व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिसीएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टिनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुई बैंक्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टिन, सानोथिमि क्याम्पसलगायतका क्षेत्रका क्वारेन्टिनमा पूर्णरूपमा मानवअधिकारको पालना गर्ने गरी तयारी गरेको छ ।
रासस

प्रकाशित: Jun 05, 2020| 14:03 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।