सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीलाई घुस दिन खोज्ने सिँचाइ डिभिजन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

कर्मचारीलाई घुस दिन खोज्ने सिँचाइ डिभिजन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

कर्मचारीलाई १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झाविरुद्ध मुद्दा दायर भएको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

कर्मचारीलाई १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्द कुमार झाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाविरुद्ध शुक्रबार विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

नदी तटबन्धन नियन्त्रण सम्बन्धी कार्यको लागि थप बजेट निकासा गरिदिने क्रममा झाले आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं १ विराटनगरमा कार्यरत कर्मचारीलाई १० हजार घुस दिएको अख्तियारले जनाएको छ।

झाले बजेट निकास गराउन मन्त्रालयको बजेट शाखामा कार्यरत कर्मचारीलाई प्रभावमा पारी नियमविपरीत काम गराउने मनसायले १० हजार जर्वजस्ती कर्मचारीको घर्रामा राखिदिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

कर्मचारीले नमाग्दै पनि झाले खाममा हालेर रकम जवरजस्ती घर्रामा राखी दिएको र पछि प्रमाण् नष्ट गर्न मन्त्रालयको शौचालयमा फल्स गरी नष्ट गरेको खुलेको अख्तियारले जनाएको छ।

 

प्रकाशित: Jun 05, 2020| 13:54 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।