काठमाडौं- मकवानपुरको मनहरी गाउँपालिका ७ बाट दुर्लभ वन्यजन्तु सालकको खपटा ६ सय ५० ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका १२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका ७ बस्ने बस्ने ३९ वर्षीय अबमिकल घलान र चितवन राप्ती नगरपालिका ७ बस्ने ५५ वर्षीय बधुवा चौधरी रहेका छन् ।
उक्त स्थानमा सालकको खपटा कारोवार भइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
पक्राउ तीनै जनालाई बरामद सालकको खपटा सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।