रियो द जेनिरियो- कोरोना भाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ।
विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा बढी व्यक्तिको मृत्यु ब्राजिलमा भएको छ।
साथै, विगत २४ घण्टामा ३० हजार ९२५ जना नयाँ संक्रमित भेटिएका छन्। योसँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिको संख्या ६ लाख १५ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।