सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुम पश्चिम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्ने सभामुखको आश्वासन

रुकुम पश्चिम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्ने सभामुखको आश्वासन

रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने सभामुख अग्‍निप्रसाद सापकोटाले बताएका छन्।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने सभामुख अग्‍निप्रसाद सापकोटाले बताएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा उनले संसदीय समिति गठनको आश्वासन उनले दिएका हुन्।

बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले संसदीय समिति नबनाइएको भन्दै समिति गठन नभए बैठक चल्न नदिने चेतावनी दिएकी थिइन्। सोती घटनामा छानबिन गर्ने कुरामा संसदलाई विश्वास नभएको भन्दै उनले संसदबाटै सर्वदलीय संसदीय गठन गर्न माग गरेकी थिइन्।

पोस्टमार्टमको रिपोर्टले ६ युवाको हत्या भएको देखिएको भन्दै उनले रुकुम पश्चिममा भएको घटना सामूहिक ढंगबाट गरिएको नरसंहार भएको बताइन्। घटनालाई प्रभावित बनाउने गरी गृहमन्त्री रामबहादुर थापा र महान्यायाधिवक्ता अग्‍नि खरेलको अभिव्यक्ति आएको भन्दै भुसालले आपत्ति पनि जनाइन्।

संसदीय समिति गठन नभई संसद् नचल्ने चेतावनी प्रतिपक्षीले दिएपछि सभामुख सापकोटाले समिति गठन गर्ने आश्वासन दिएर बैठक सुचारु गराएका छन्।

 

प्रकाशित: Jun 05, 2020| 12:19 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।