सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्यानमारबाट आइपुगे २६ नेपाली, सेनाले राख्यो होल्डिङ सेन्टरमा (फोटो फिचर)

म्यानमारबाट आइपुगे २६ नेपाली, सेनाले राख्यो होल्डिङ सेन्टरमा (फोटो फिचर)

म्यान्मारबाट २६ जना नेपालीलाई लिएर आएको विमान शुक्रबार विहान करिब साढे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौं- म्यान्मारबाट २६ जना नेपालीलाई लिएर आएको विमान शुक्रबार विहान करिब साढे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

त्रिभुवन विमानस्थलमा ओर्लिएलगत्तै नेपाली सेनाले उनीहरुलाई 'होल्डिङ सेन्टर'मा राखेको छ।

म्यान्मारबाट आउनेमध्ये सबैभन्दा बढी बागमती प्रदेशका १७ र सबैभन्दा कम प्रदेश–१ का एक जना छन्। लकडाउनका कारण त्यहीं अड्किएका नेपालीलाई म्यान्मारले आफ्नो सेनाको विमानमा राखेर स्वदेश फर्काएको हो। उक्त विमान केही बेरमा नेपालमा रहेका आफ्ना ४१ नागरिक र दुई नेपाली गरी ४३ यात्रु लिएर फर्किनेछ।  

म्यानमारमा गरिएको परीक्षणमा उनीहरु सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ।

सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई विदेशबाट उद्धार गर्ने तयारी गरिरहेको छ। रोजगारदाता देश आफैले पठाएपछि बाँकी रहेकालाई आफूले उद्धार गर्ने सरकारको तयारी छ।

विदेशमा रहेका नेपाली स्वदेश आउनेभएपछि उनीहरूको व्यवस्थापनको लागि नेपाली सेना खटिएको हो ।

उपत्यका पृतनाले काठमाडौं, ललितपुर र भक्तपुरमा होल्डिङ सेन्टरको व्यवस्थापन गरेको छ।

काठमाडौंमा एउटा रिजर्भसहित चार, ललितपुरमा एउटा रिजर्भ सहित तीन र भक्तपुरमा दुई वटा होल्डिङ सेन्टर बनाइएको छ।

काठमाडौको चप्पलकारखानामा कुन्डलिनी क्लब, बसुन्धारामा यति पार्टी प्यालेस, सुकेधारमा स्काई जोन पार्टी प्यालेसलाई होल्डिङ सेन्टर तोकिएको छ। यी होल्डिङ सेन्टरमा अत्याधिक मान्छे भएमा सुकेधारामा नै मिराकल पार्टी प्यालेसलाई रिजर्भको रूपमा राखिएको छ। 

भक्तपुरमा प्रदेश १ र २ का नागरिकलाई राख्ने गरी होल्डिङ सेन्टर बनाइएको छ। त्यसका लागि इम्पेरियल पार्टी प्यालेस सुर्यविनायक र हेरिटेज प्यार्टी प्यालेस ठिमीलाई होल्डिङ सेन्टर तोकिएको छ।

ललितपुरमा ६ र ७ प्रदेशका नागरिकलाई राख्ने गरी डिलाइट पार्टी भेन्यू महालक्ष्मीथान, मण्डला पार्टी भेन्यू ग्वार्कोलाई होल्डिङ सेन्टर तोकिएको छ। सिद्धार्थ कजेट धोवीघाटलाई रिजर्भ होल्डिङ सेन्टर बनाइएको छ।

होल्डिङ सेन्टरमा विदेशबाट आएका सबैको विवरण संकलन गर्ने, स्वास्थ्य परीक्षण गर्ने काम हुनेछ। विदेशबाट आएसँग नेपाली सिमकार्ड नभएमा नेपाल टेलिकमको सिमकार्ड निःशुल्क वितरण गरिने छ। त्यसपछि स्वास्थ्य मन्त्रालयको एप्लिकेशन डाउनलोड गर्न लगाइ त्यही एपबाट पछिसम्म ट्रयाकिङ गरिनेछ।

होल्डिङ सेन्टरमा रहेका बाट आएका नेपालीलाई सम्बन्धित स्थानीय तहमा पुर्‍याउनका लागि प्रत्येक प्रदेशमा एक एक जना प्रदेशका मन्त्रीलाई संयोजक तोकिएको छ। नेपाली सेनाले उनीहरूसँगको समन्वयमा विदेशबाट आएका नेपालीलाई स्थानीय तहमा पुर्‍याउने छ।

सेनाले स्थानीय तहको जिम्मा लगाएपछि उनीहरू अनिवार्य रूपमा १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्छ।

सरकारले विदेशबाट उद्धार गरेर ल्याउँदा सबैभन्दा समस्यामा परेका नेपालीलाई पहिलो प्राथमिकतामा राखेको छ। विदेशका जेलबाट आममाफी पाएका, रोजगारी गुमेर अलपत्र परेका, आफन्त भेट्न वा घुम्नका लागि विदेश गएका, अध्ययन सम्पन्न गरेर बसेका, रोजगार कम्पनीले लामो समय विदा दिएका व्यक्तिलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने तयारी सरकारले गरेको छ।

नेपाल फर्कंदाको विमानको टिकट शुल्क भने फर्कने यात्रुले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ।  

 

प्रकाशित: Jun 05, 2020| 12:17 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।