सोमबार, भदौ ८, २०८३

जनकपुर बजार मध्यान्ह १२ बजेसम्म खोल्ने सहमति

लकडाउनका कारण झन्डै दुई महिनादेखि बन्द रहेको जनकपुर बजार खुल्ने भएको छ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

लकडाउनका कारण झन्डै दुई महिनादेखि बन्द रहेको जनकपुर बजार खुल्ने भएको छ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय र व्यवसायीहरुबीच भएको छलफलमा निश्चित मापदण्ड निर्धारण गरेर बजार खोल्ने सहमति भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनकपुर उद्योग वाणिज्य संघ र जनकपुर चेम्बर्स अफ कमर्सका पदाधिकारीहरुसँग भएको छलफलमा सामाजिक दूरी कायम गरेर मध्यान्ह १२ बजेसम्म सबै पसलहरु सञ्चालन गर्ने सहमति भएको बताए ।

मध्यान्ह १२ बजेपछि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गरी लकडाउन पूर्णरुपले पालना गर्ने सहमति भएको निरौलाले जानकारी दिएका छन्। औषधि पसलहरु भने २४ सै घण्टा खोल्न सकिने उनले बताएका छन् ।

लकडाउनकै अवधिमा अन्य स्थानहरुमा व्यापार व्यवसाय सञ्चालन भइरहेकोले जनकपुरमा पनि बजार खोल्न दबाब बढेपछि यस्तो सहमति गरिएको उनले बताए ।

जिल्ला सुरक्षा समिति र जिल्ला समन्वय समितिसँग भएको बैठकमा औषधि पसलबाहेक अन्य सबै पसलहरु दिनको १२ बजेसम्म खोल्ने निर्णय भएको चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोजकुमार मिश्रले जानकारी दिएका छन् ।

१२ बजेसम्म पसल सञ्चालन गरेर सम्पूर्ण व्यवसायीहरु १ बजेसम्म आ–आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने मिश्रको भनाइ छ ।

पसल सञ्चालन गर्न सबै व्यवसायीहरुले आफ्नो प्रतिष्ठानमा अनिवार्य रुपमा सेनिटाइजर, साबुन, पानी राख्नुका साथै मास्क र पञ्जा अनिवार्य रुपले प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

दैनिक उपभोग्य, खाद्यान्नलगायत अन्य व्यवसायहरु सञ्चालन भए पनि सैलुन, ब्युटी पार्लर, सिनेमा हल, होटल, रेस्टुरेन्टको हकमा भने कुनै निर्णय नभएको मिश्रले जनाएका छन् ।

प्रकाशित: Jun 05, 2020| 11:45 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।