रुकुम पश्चिम- नवराज विकसहित ६ युवाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।
गएको जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती घटनामा संलग्न भएको भन्दै उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम, ठेगाना खुलाइएको छैन ।
यसअघि वडा नम्बर–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ । पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकामा १८ जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने दुई जना अझै फरार छन् ।
प्रहरीले अनुसन्धान फरार भएकाहरुको खोजी कार्यलाई व्यापक बनाएको छ ।
परिवारले सहमतिमा विवाह गरिदिन नमानेपछि प्रेमिकालाई भगाउन जाजरकोटबाट रुकुम पश्चिमको सोती पुगेका नवराज विकसहित १९ मध्ये ६ जनालाई केटिका आफन्त र गाउँलेले कुटपीट गरि हत्या गरेका थिए ।