सुर्खेत- जुम्लामा क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ ।
बिहीबार राति चन्दननाथ नगरपालिका वडा नं ८ का ६५ वर्षे पुरुषको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । उनी केही दिनअघिमात्रै बर्दियाबाट गाउँ पुगेका थिए ।
‘मृत लामो समयदेखि मुटु र दम रोगी भएको जानकारी आएको छ तर कोरोना हो कि भनेर स्वाव संकलन गर्न स्वास्थ्यकर्मीको टोलीसहित घटनास्थल जान लागेको छौँ ।’ धामीले भने, ‘क्वारेन्टाइनमै मृत्यु भएका कारण कोरोना परीक्षण गरेपछिमात्रै शवको दाहासंस्कार गरिन्छ ।’
केही दिनअघिमात्रै गाउँ बर्दियाबाट गाउँ फर्किएका उनलाई चन्दननाथ नगरपालिका वडा नं –८ धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।