सोमबार, भदौ ८, २०८३

आज देशभर वर्षा हुने, यस्तो हुनेछ तीन दिनको मौसम

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश भागमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौँ- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण शुक्रबार बिहानैदेखि देशका अधिकांश भुभागमा वर्षा भएको छ ।

प्रदेश ५, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइराखेको छ । यो क्रम अझै तीन दिनसम्म जारी रहने चल्ने मौसमविद्हरुले बताएका छन् । महाशाखाले जारी गरेको बुलेटिन अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

जेठ २३ गते (शुक्रबार)

दिउँसोः प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश ५, सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: प्रदेश २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ को पूर्वी भू-भाग का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५को बाँकी भू-भाग मा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २४ गते (शनिबार)

दिउँसोः प्रदेश १,२, र बागमती प्रदेश मा पूर्ण बदली तथा गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ आंशिक बदली रही सु.प. प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १,२, र बागमती प्रदेश मा केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी प्रदेश र प्रदेश ५का केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी , कर्णाली प्रदेश र प्रदेश ५ मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशहरुको मौसम सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमतीका केहि र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ २५ गते (आइतबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती ,गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Jun 05, 2020| 07:26 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।