सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट सुर्खेतमा पनि एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

कोरोनाबाट सुर्खेतमा पनि एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

सुर्खेत- कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बिहीबार बिहान करिव पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले नोपल समयलाई जानकारी दिए ।

‘क्वारेन्टाइनमै संकास्पद मृत्यु भएका युवा कोरोना संक्रण पुष्टि भयो ।’ आचार्यले भने, ‘आरडीटी टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको रहेछ तर पीसीआर परीक्षण गर्दा कोरोना सक्रमण देखियो ।’

जेठ ९ गते भारतको मुम्वइबाट गाउँ फर्किएका उनी १४ पञ्चपुरी नगरपालिका वडा नं–९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनको अवधि पुरा भएपछि बुधबार साँझ उनीसहित ६ जनालाई थप सात दिन होम क्वारेन्टाइनमा बस्न भनेर घर फर्काइएको थियो ।

क्वारेन्टाइस्थलबाट रातको करिव ११ बजे गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो ।

पञ्चपुरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने सर्तका घर पठाइएको थियो ।

यसअघि हिजो मात्रै कोरोनाबाट नेपालमा १० औं व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको थियो । पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका थिए ।

प्रकाशित: Jun 05, 2020| 06:18 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।