सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकैदिनमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिए, कुन देशमा कतिको मृत्यु ?

एकैदिनमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिए, कुन देशमा कतिको मृत्यु ?

बिहीबार एकै दिनमा १ लाख २५ हजार ९ सय ८३ जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार एकै दिनमा १ लाख २५ हजार ९ सय ८३ जना कोरोनाबाट संक्रमित भएका छन् । यसअघि जेठ १६ गते १ लाख २५ हजार ५ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त रेकर्ड तोड्दै बिहीबार एकै दिनमा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ हजार ३ सय ३६ जनाको मृत्यु भएको छ । बुधबार ४ हजार ९ सय २८, मंगलबार ४ हजार ६ सय ६९, सोमबार ३ हजार ५३ व्यक्तिको मृत्यु भएको थियो ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ६५ लाख ९५ हजार ३ सय ९१ व्यक्ति संक्रमित भएका छन् भने ३ लाख ८८ हजार ७ सय १० व्यक्तिको मृत्यु भएको छ ।

सबैभन्दा बढि संक्रमित र मृतक अमेरिकामा छन् । जहाँ १८ लाख ७२ हजार २ सय २१ ब्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १ लाख ८ हजार १ सय २० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ५ लाख ८४ हजार १६ जना संक्रमित भएका छन् भने ३२ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ । रुसमा ४ लाख ४० हजार ५ सय ३८ जना संक्रमित भएका छन् भने ५ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ८३ हजार ७९ जनामा संक्रमण पुष्टि भएको छ भने ३९ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४० हजार ६ सय ६० जना संक्रमित भएका छन् भने २७ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा २ लाख ३४ हजार १३ जना संक्रमित हुँदा ३३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८९ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने २९ हजार ६८ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतमा २ लाख २६ हजार ७ सय १३ जना संक्रमित भएका छन् भने ६ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ । नेपालमा भने हालसम्म २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 05, 2020| 05:54 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।