काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं र ११ औं तह (सहसचिव स्तर) का ६ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड –१९ का सन्दर्भमा गर्नुपर्ने कतिपय कामलाई ध्यानमा राखी उनीहरुको जिम्मेवार हेरफेर गरिएको बताए।
उनका अनुसार स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा पठाइएको छ। श्रेष्ठले मन्त्रालयमा रहेर कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को जिम्मेवारी वहन गरेका छन्।
यस्तै स्वास्थ्य विभागका महानिर्देशकमा डा दीपेन्द्ररमण सिंहलाई पठाइएको छ।
एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा रमेश खरेललाई विभागको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ। व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेललाई मन्त्रालयमा तानिएको छ।
यसैगरी परोपकार प्रसूति गृहका निर्देशक डा जागेश्वर गौतमलाई पनि मन्त्रालय तानिएको छ। प्रसूतिगृहमा कोसी अञ्चल अस्पतालकी निर्देशक संगीता मिश्रलाई पठाइएको छ।