सोमबार, भदौ ८, २०८३

प्रदेश २ : काेराेना संक्रमितकाे संख्या ९६१ पुग्याे

पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १०२ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

जनकपुरधाम- प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ९६१ पुगेको छ। पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न सात जिल्लामा १०२ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो। यसअघि, यस प्रदेशमा ८५९ संक्रमित थिए।

सप्तरीमा १२, धनुषामा एक महिलासहित ६, महोत्तरीमा ३, सर्लाहीमा ३, रौतहटमा ६ र नौ वर्षीय दुई बालकसमेत गरी ६५ जना, बारामा १२ र पर्सामा १ गरी १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए।

यस प्रदेशबाट १२२ जना निको भएर घर फर्केका छन्। घर फर्कनेमा पर्सामा ९६, बारामा ९, धनुषामा ४, रौतहटमा तीन, सर्लाहीमा १ र महोत्तरीमा ३, सप्तरीमा १ र भारत तथा अन्य प्रदेशका गरी ५ जना निको भएर घर फर्केका सचिव डा घिमिरेले बताए।

यस प्रदेशमा अहिलेसम्म १८ हजार ८९३ जनाको स्वाबको नमुना संकलन गरिएको छ। सोमध्ये १० हजार ७६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात हजार १६९ जनाको रिपोर्ट आउन बाँकी छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि क्वारेन्टिनको संख्यामा पनि बढोत्तरी गरिएको छ।

प्रदेशका विभिन्न जिल्लामा ४११ वटा क्वारेन्टिन सञ्चालनमा रहेका र सो क्वारेन्टिनमा ३१ हजार ११९ शय्याको व्यवस्था गरिएको छ। यतिखेर, क्वारेन्टिनमा २२ हजार ९६१, होम क्वारेन्टिनमा सात हजार १५ र आइसोलेसनमा ५८९ जना बसेका छन्।

प्रकाशित: Jun 04, 2020| 21:20 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।