सोमबार, भदौ ८, २०८३

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

गण्डकी प्रदेश सभाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले यहि जेठ १८ गते आइतबार पोखरा सभागृहमा बसेको प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यसअघि लगातार तीन दिनसम्म सदस्यहरूले प्रस्तावका सम्बन्धमा छलफल गरेका थिए। छलफलमा सत्तापक्षीय सदस्यहरूले प्रदेशको समृद्धि र विकासलाई लक्षित गरी नीति तथा कार्यक्रम आएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।

बैठकको छलफलका क्रममा प्रतिपक्षी दलका सदस्यले नीति तथा कार्यक्रमले प्रदेशवासीका आवश्यकतालाई राम्रोसँग सम्बोधन गर्न नसकेको टिप्पणी गरेका थिए।

प्रकाशित: Jun 04, 2020| 19:32 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।