सोमबार, भदौ ८, २०८३

भर्चुअल अध्यापन गराउन शिक्षकलाई तालिम

सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत अध्यापन गराउन शिक्षकलाई ‘भर्चुअल’ तालिम दिन शुरु गरेको छ । सो विश्वविद्यालयले आजदेखि १० दिने तालिम दिइ अगामी असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने नीति लिएको जनाएको छ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत अध्यापन गराउन शिक्षकलाई ‘भर्चुअल’ तालिम दिन शुरु गरेको छ । सो विश्वविद्यालयले आजदेखि १० दिने तालिम दिइ अगामी असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने नीति लिएको जनाएको छ ।

तालिममा ६२ जना शिक्षक सहभागी छन् । पहिलो चरणमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको छ । “अहिलेको अवस्थामा अनलाइन प्रणालीबाट कक्षा सञ्चालनकोे विकल्प छैन”, टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले भने, “कोरोनाको जोखिम कहिलेसम्म रहन्छ भन्न सकिन्न । अनलाइन कक्षा सञ्चालनको प्रतिक्रिया कस्तो आउँछ त्यसपछि अन्य कक्षामा पनि लागू हुन्छ ।”

उनले अनलाइन कक्षा सञ्चालन गर्न क्याम्पसमा कम्प्युटर प्रयोगशाला तयार गरिएको बताए। विश्वविद्यालयले विद्यार्थीका लागि आवश्यक पर्ने डाटाका लागि दूर सञ्चार र एनसेलसँग पनि कुराकानी गरिरहेको उनले जानकारी दिए।

लामो समय क्याम्पस बन्द हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । यस्तो समयमा अनलाइन कक्षा दिन सकेमा पढाइप्रति रुचि जाग्ने स्नातकोत्तर अध्ययनरत विद्यार्थी रुपा धामीले बताइन् ।
रासस

प्रकाशित: Jun 04, 2020| 18:17 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।