सोमबार, भदौ ८, २०८३

डडेल्धुराका क्वारेन्टिनमा साढे ४ हजार

भारतबाट जिल्ला फर्किनेको सङ्ख्या बढ्दै गएपछि स्थानीय तहलाई व्यवस्थापनको चुनौती बढ्दै गएको छ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

भारतबाट जिल्ला फर्किनेको सङ्ख्या बढ्दै गएपछि स्थानीय तहलाई व्यवस्थापनको चुनौती बढ्दै गएको छ ।

जिल्लामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिबाट झण्डै ३० हजार व्यक्ति भारत गएको तथ्याङ्क छ भने अहिलेसम्म आठ हजारको हाराहारीमा मानिस जिल्ला फर्किएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसँग छ । जसमध्ये सुदूरपश्चिमका सबै जिल्लामा सङ्क्रमित देखिएसँगै जोखिम बढ्दै गएको छ । महामारीलाई मध्यनजरमा राखेर डडेल्धुराका सातै स्थानीय तहले हरेक वडामा क्वारेन्टिनको व्यवस्था गरेको छ ।

जिल्लाभरि सतावटा स्थानीय तहले १४० बटा बनाएका क्वारेन्टिनमा चार हजार ४९९ जना रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । अहिले जिल्लाका तीन हजार ९९८ पुरुष, ३११ महिला र १७० बालबालिका रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।

जिल्लामा ६ हजार २२५ जनालाई राख्न सक्ने क्षमताका क्वारेन्टिन तयार भएको भए पनि हालसम्म चार हजार ४९९ जना क्वारेन्टिनमा रहको प्रजिअ पन्तले बताए।

 

 

प्रकाशित: Jun 04, 2020| 18:15 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।