सोमबार, भदौ ८, २०८३

निसर्ग आँधीबाट भारतमा दुईको मृत्यु

भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ ।

अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो ।

भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको हो । हिजो राति आएको सो आँधीमा परी पुने जिल्लामा दुई जनाको ज्यान गएको र अरु तीन जना घाइते भएका समाचारमा जनाइएको छ ।

पुनेमा करिब एक सय घरमा क्षति पुगेको छ । कतिपय घर भत्किएका छन् भने केहीमा आंशिक क्षति पुगेको बताइएको छ । महाराष्ट्रको तटीय क्षेत्रमा आाधी आउने भन्दै बुधबार नै उद्धार कार्य गरिएको बताइएको थियो । भारतको मौसम विभागले एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउने अनुमान गरेको थियो ।

बुधबार रातिदेखि नै आँधी सम्भावित प्रभावित क्षेत्रमा सडक तथा रेल यातायात बन्द गरिएको थियो । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिजोको सो सतर्कताका कारण ठूलो क्षति हुन नपाएको पनि अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका दुई जनामा एकलाई उडिरहेको जस्ता पाताले लागेर र अर्का एकजनाको घर भत्किएर ज्यान गएको बताइएको छ ।

प्राय महाराष्ट्रका धेरै क्षेत्रमा क्षतिको अनुमान गरिएकोमा आँधी कमजोर आएको आज बताइएको छ । सतर्कता अपनाउनुका साथै आँधी कमजोर रहेकोले धेरै क्षति नभएको मौसमविद्हरुले बताएका छन् ।

रासस

प्रकाशित: Jun 04, 2020| 18:14 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।