सोमबार, भदौ ८, २०८३

प्रदेश १ को कोभिड अस्पतालबाट २८ जना डिस्चार्ज हुँदै

आज बिहीबार प्रदेश १ बाट २८ जना कोभिड–१९ का बिरामीहरु डिस्चार्ज हुने भएका छन्।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

आज बिहीबार प्रदेश १ बाट २८ जना कोभिड–१९ का बिरामीहरु डिस्चार्ज हुने भएका छन्।

प्रदेश राजधानी विराटनगरमा रहेको कोभिड–१९ अस्पतालबाट आज ३ बजे बिरामीहरुलाई औपचारिक रुपमा बिदाइ गरिने अस्पतालका संयोजक ज्ञान बहादुर बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार अहिलेसम्म कोभिड अस्पतालबाट आजको सहित जोड्दा डिस्चार्ज हुनेको संख्या ५८ हुनेछ ।

आज डिस्चार्ज हुने बिरामीपछि ५० बेडको अस्पतालमा १४ जना मात्रै बिरामी हुनेछन् । हालसम्म प्रदेश १ मा १७९ कोभिड बिरामी देखिएका छन् भने उनीहरुको धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोभिड अस्पतालमा उपचारको व्यवस्था भएको छ ।

यी हुन् आज डिस्चार्ज हुने २८ जना

आज डिस्चार्ज हुनेहरुमा खोटाङ, उदयपुर, सुनसरी, मोरङ, झापा, सप्तरीदेखि धनकुटासम्मका छन् ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका भुल्केका काबिरा खातुन, साबिर अलि, रमदुल्ला अली र राकेस नेपाली, झापा कचनकवलका तायुब आलम, नुर आलम, सनवाज मिया, सहङवाज मिया, फ्रिदोइ मिया, इम्तियाज आलम, मुस्ताफिक आलम डिस्चार्ज हुन लागेका छन्।

मोरङको रतुवामाईका जाफर मिया, मम्ताज आलम तथा पथरी मोरङका रमेश कार्की, मोरङकै विराटनगरका रिंकु सहनी, आनन्द कुमार मेहता र कसिम मिया पनि डिस्चार्ज हुने भएका छन् ।

सुनसरीको गढी गाउँपालिकाका गोबिन्द चौधरी, इटहरीका निमाहाङ राई तथा इनरुवाका बिमल रेग्मी र धरानका अर्बिन श्रेष्ठ पनि यसमा समावेश छन्। सप्तरीका रामदुल्ला मिया र पवन कुमार शाह पनि आजै डिस्चार्ज हुँदैछन्।

खोटाङका दिपेन्द्रराई सँगै धनकुटाका गणेश बुढाथोकी, शिला लिम्बु, निशा थापामगर र बादल गुरागाइँसमेत डिस्चार्ज हुने भएका छन् ।

प्रकाशित: Jun 04, 2020| 13:18 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।