सोमबार, भदौ ८, २०८३

ब्राजिलमा कोरोना भाइरसको भ्याक्सिन परीक्षण गरिँदै

कोरोना भाइरसको संक्रमण रोकथामका लागि युनिभर्सिटी अफ अक्सफोर्डमा तयार गरिएको भ्याक्सिन ब्राजिलमा परीक्षण हुने भएको छ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

कोरोना भाइरसको संक्रमण रोकथामका लागि युनिभर्सिटी अफ अक्सफोर्डमा तयार गरिएको भ्याक्सिन ब्राजिलमा परीक्षण हुने भएको छ।

यसै साता भर्ना हुन लागेका दुई हजार स्वयंसेवकमा यो भ्याक्सिन परीक्षण गर्न लागिएको हो।

परीक्षणमा १८ देखि ५५ वर्षका स्वयंसेवक स्वास्थ्यकर्मी सामेल हुनेछन्। कोभिड–१९ अस्पतालमा सफाइको काम गर्ने स्वयंसेवकमा पनि भ्याक्सिन परीक्षण गरिनेछ।

युनिभर्सिटी अफ अक्सफोर्डकी प्रेसिडेन्ट सोराया स्माइलीका अनुसार कोरोना भाइरस संक्रमण ब्राजिलमा तीव्र गतिमा बढिरहेकाले भ्याक्सिन परीक्षणका लागि ब्राजिललाई नै चयन गरिएको हो। संक्रमणको मामलामा ब्राजिल अमेरिकापछि दोस्रो नम्बरमा छ।

बीबीसी

 

प्रकाशित: Jun 04, 2020| 06:37 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।