सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'राष्ट्रपति कार्यालयको गलैंचा २७ लाख १२ हजारको मात्र'

'राष्ट्रपति कार्यालयको गलैंचा २७ लाख १२ हजारको मात्र'

शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनुपर्ने मर्मतसम्भार कार्य नै भइरहेको स्पष्ट गरेको छ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

शहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय सम्बद्ध भवनमा नियमितरुपमा गरिनुपर्ने मर्मतसम्भार कार्य नै भइरहेको स्पष्ट गरेको छ ।

विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक शीतल निवासलाई अत्यावश्यक मर्मतसम्भार गर्दै राष्ट्रको सर्वोच्च संस्था राष्ट्रपति कार्यालयको दैनिक कार्य सञ्चालनलाई सहज तुल्याउन निरन्तर परिमार्जन गर्ने क्रममा आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार काम भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट नियमित प्रक्रिया पु¥याई राष्ट्रपतिको आवास भवनमा रहेका विशिष्ट स्वदेशी तथा विदेशी पाहुनासँग भेटघाट गर्ने बैठक कक्षमा फ्लोरिङ तथा फर्निसिङ, शौचालयको मर्मत र व्यवस्था तथा कार्यालय भवनमा लिफ्ट जडानलगायत अत्यावश्यक कार्यका लागि रु एक करोड ५७ लाख ६ हजार ८८४ को बोलपत्र स्वीकृत भएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा तोकिएको डिजाइन र साइजको नेपाली ऊनी गलैँचा आपूर्ति गर्ने कार्यको कबोल अंक मूल्यअभिवृद्धि करबाहेक रु. २७ लाख १२ हजार १५० को बोलपत्र छनोटसम्बन्धी आशयको सूचना प्रकाशन भएको तथ्य जानकारी हुँदाहुँदै राष्ट्रपति कार्यालयजस्तो गरिमामय संस्थाको मर्यादा र राष्ट्रपतिको छविमा आँच पुग्ने गरी भ्रामक समाचार प्रकाशन भएको भन्दै मन्त्रालयले खेद व्यक्त गरेको छ । रासस

प्रकाशित: Jun 04, 2020| 06:02 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।