सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा लकडाउन खुकुलो, समय र बार अनुसार पसल खुला गर्ने निर्णय

बाँकेमा लकडाउन खुकुलो, समय र बार अनुसार पसल खुला गर्ने निर्णय

कोरोना संक्रमण रोक्नभन्दै हप्तादिनअघि निषेधाज्ञा जारी गरिएको बाँकेमा लकडाउन खुकुलो पारिएको छ ।
 |  बिहीबार, जेठ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २२, २०७७

नेपालगञ्ज-  कोरोना संक्रमण रोक्नभन्दै हप्तादिनअघि निषेधाज्ञा जारी गरिएको बाँकेमा लकडाउन खुकुलो पारिएको छ ।

बुधबार बेलुका बसेको सर्वपक्षीय बैठकको सुझाव अनुसार बाँके जिल्ला प्रशासनले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म पसलहरु खुल्ला गर्ने निर्णय गरेको हो।

लकडाउन खुकुलो पारिएसँगै औषधि, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउबिजनका पसल खुला राख्ने निर्णय गरिएको छ।
सार्वजनिक बिदा बाहेकका दिनमा सबै बैंकहरु खुला रहनेछन् ।

अन्य पसल र व्यवसायलाई तीनको प्रकृति अनुसार निश्चितबार निश्चित समयमा खुला राख्ने निर्णय भएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको विज्ञप्ति अनुसार आइतबार र बुधबार मोबाइल, इलेक्ट्रोनिक्स, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ र भाडा पसल खुला हुनेछन्।

सोमबार र बिहीबार कपडा, फैन्सी, जुत्ता, चप्पल, कस्मेटिक, चश्मा, गरगहना पसल सञ्चालन हुनेछन् ।

मंगलबार र शुक्रबार अटो मोबाइल्स, कोल्ड स्टोर, जुस, मोटरसाइकल, साइकल पसल र अन्य पसलहरु खुल्ला हुनेछन्।

त्यस्तै सवारी आवागमनलाई पनि खुकुलो पारिएको छ।

स्वास्थ्यकर्मी, औषधि व्यवसाय, इन्टरनेट, बैंकिङ तथा विमा सेवा, सेक्युरिटी सर्भिस र वर्कसपमा कार्यरत जनशक्ति र तीनका सवारी साधनलाई अनुमति पत्र पास आवश्यक नपर्ने भएको छ। तर, यस्ता सवारी चालक र यात्रीले सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र भने बोक्नुपर्ने छ।

त्यस्तै खाद्य स्टोर, ग्यास, पेट्रोलियम, पानी, कृषि कार्य, कृषि तथा पशुपक्षीजन्य उत्पादन, पशु आहारा, मलखाद, बिउबिजन लगायतमा प्रयोग हुने ढुवानीका साथन र जनशक्तिलाई पनि सरकारी पास चाहिने छैन।

माल सामान र निर्माण सामाग्री ढुवानीका साधनलाई पनि पास चाहिने छैन।

यात्रुवाहक सवारी साधन र निर्माण आयोजना सञ्चालनका लागि भने पास चाहिने छ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका सरकारी र निजी उद्योग व्यवसायमा प्रयोग हुने सबै खालका सवारी साधनको सञ्चालनमा भने रोक लगाइएको छ।

अत्यावश्यक कामका लागि बाहेक इरिक्सा, अटोरिक्सा र मोटरसाइकलको प्रयोग पनि नियन्त्रण गर्ने निर्णय भएको छ।

निर्माण कार्यमा संलग्न मजदुरहरुले साइकलबाट आवतजावत दिने र अत्यावश्यक कामका लागि घरबाहिर निस्कँदा कम्तीमा दुई मिटरको सामाजिक दुरी कायम, मास्क र स्यानिटाइजरको प्रयोग भने अनिवार्य गरिएको छ।

प्रकाशित: Jun 04, 2020| 06:05 बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।