सोमबार, भदौ ८, २०८३

दैलेखमा बस दुर्घटना, चालकको मृत्यु

दैलेखमा बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

काठमाडौं - दैलेखमा बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।

दैलेखको तल्लोढुंगेश्वरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ५ ख १६८५ नं को बस गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ घर भएका ४५ वर्षीय चालक कल्याणसिंह बोहोराको घटनास्थलमै मृत्यु भएको हो। यस्तै सोही ठाउँका सहचालक ३५ वर्षीय जयराज अवस्थी घाइते भएका डिएसपी हरी ओलीले जानकारी दिए।

गड्डाचौकी नाका भएर नेपाल आउनेहरुलाई छोडेर बस फर्किने क्रममा दुर्घटनामा परेको र बसमा चालक र सहचालक मात्र रहेको प्रहरीले जनाएको छ। बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।

प्रकाशित: Jun 03, 2020| 18:34 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।