काठमाडौं- दैलेखमा क्वारेन्टिनमा बसेकाहरुले गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेका छन्।
भैरबी गाउँपालिका–४ मा रहेको क्वारेन्टिनमा रहेकाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापामाथि कुटपिट गरेका हुन्।
कुटपिटबाट थापाको मुख तथा शरीरका बिभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी हरि ओलीले जानकारी दिए।
क्वारेन्टिनमा राम्रो व्यवस्थापन नभएको भन्दै उनीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
‘क्वारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षका लागि स्वाब संकलन भैरहेको बेला आक्रमण गरेछन्’ ओलीले भने, ‘आक्रमणबाट एक प्रहरी जवानसमेत घाइते छन्।’
आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।