सोमबार, भदौ ८, २०८३

बिल नराख्ने मासु पसललाई २० हजार जरिवाना

खरिद बिल नराख्ने बाँकेको नेपालगंजको एक मासु पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

नेपालगंज- खरिद बिल नराख्ने बाँकेको नेपालगंजको एक मासु पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति, तथा उपभोक्ता संरक्षण कार्यालयले नेपालगञ्ज उप महानगरपालिका–२ धम्बोझीस्थित सगरमाथा फ्रेस एण्ड पोल्ट्री सप्लायर्सलाई २० हजार जरिवाना गरेको हो।

बुधबार बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिमको खरिद बिल नराखेको पाइएकोले तत्काल २० हजार जरिवाना गरिएको सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिए।

साथै सोही पसलमा खान अयोग्य २५ किलोग्राम कुखुराको मासुसमेत नष्ट गरेको चौलागाईले जानकारी दिए।

निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालको संयोजकत्वमा रहेको अनुगमन टोलीले धम्बोझीस्थित हाम्रो फ्रेस हाउस लगायतलाई मासु पसलहरुमा सरसफाई र स्वच्छता कायम गर्न, मूल्य वृद्धि नगर्न, आवश्यक मापदण्ड पुरा गरी स्वच्छ र गुणस्तरीय मासु बेचबिखन गर्न निर्देशनसमेत दिएको छ।

कार्यालयले लकडाउनको समयमा अत्यावश्यक बस्तुहरुको अभाव नहोस् र उपभोक्ता ठगीमा नपरुन् भन्ने उद्देश्यले विषयगत कार्यालयका प्रमुख एवम् प्रतिनिधि, विषय विज्ञ, उपभोक्ता प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागीतामा बजार अनुगमन कार्यलाई निरन्तर दिइरहेको छ।

प्रकाशित: Jun 03, 2020| 17:40 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।