सोमबार, भदौ ८, २०८३

देशभर २३०० जना कोरोना संक्रमित

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

नेपालमा आज (बुधबार) कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन्।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको कुल संख्या २३०० पुगेको छ।

हालसम्म पीसीआर विधिबाट ८० हजार २६७ जनाको कोरोना परीक्षण भएको छ।

अहिले देशभर १ लाख ५५ हजार ८६८ जना क्वारेन्टिनमा छन्। क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन्।

त्यसैगरी देशका विभिन्न अस्पतालमा २ हजार १३ जना आइसोलेसनमा छन्।

जना कोरोना संक्रमणबाट २७८ जना मुक्त भएका छन्।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Jun 03, 2020| 16:45 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।