सोमबार, भदौ ८, २०८३

प्रतिपक्षी दलको आरोप : प्रदेश सरकार काम न काजको

प्रदेश २ का प्रतिपक्षी दलहरुले प्रदेश सरकार भाषणमा मात्रै सीमित रहेको आरोप लगाउँदै जनहितका लागि काम गर्न असफल भइसकेको बताएका छन्।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

जनकपुरधाम - प्रदेश २ का प्रतिपक्षी दलहरुले प्रदेश सरकार भाषणमा मात्रै सीमित रहेको आरोप लगाउँदै जनहितका लागि काम गर्न असफल भइसकेको बताएका छन्।

बुधबारदेखि सुरु भएको प्रदेशको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रतिपक्षी दलका नेताहरुले कोरोनाविरुद्धको लडाइँभन्दा सरकार भाषणमा मात्र केन्द्रित रहेको आरोप लगाएका छन्।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलले कोरोनाविरुद्धको लडाइँमा प्रदेश सरकार एक्लै सबै निर्णय गरेर अघि बढिरहेको बताए। सरकारले समयानुकूल नीति अवलम्बन गर्न नसक्दा प्रदेशका जनता कोरोनाभन्दा पनि भोकमरीले जोखिममा पर्ने सम्भावना बढिरहेको मण्डलले बताए।

‘कोरोनाविरुद्धको लडाइँमा एकताबद्ध भएरमात्र विजय प्राप्त गर्न सकिन्छ। पक्ष प्रतिपक्षको कुनै अर्थ छैन्’, मण्डलले भने, ‘तर, सरकारले कहिल्यै प्रतिपक्षसँग सल्लाह लिन जरुरी ठानेन।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारलाई काम न काजको संज्ञा दिए। प्रदेश सरकारले अरुलाई आरोप लगाएर आफू चोखिन खोजेको उनको भनाइ छ।

प्रदेश २ कोरोनाको इपिसेन्टर बनिरहँदा समेत प्रदेश सरकारले ठोस योजना बनाउन नसक्दा क्वारेन्टाइन र आइसोलेसनको कहालीलाग्दो अवस्था रहेको नेता यादवले बताए। ‘कोरोना परीक्षण गर्न विश्वमै किटको अभाव छ, यहाँ पनि समस्या हुनु स्वभाविक मान्न सकिन्छ’, उनले भने, ‘क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन गर्न प्रदेश सरकारलाई कसले रोकेको छ? प्रदेश सरकारको लापारबाहीका कारण क्वारेन्टाइनबाटै संक्रमण बढिरहेको हामीले महसुस गरेका छौं।’

‘७० जनाभन्दा बढी मानिस रहेको क्वारेन्टाइनमा एउटा शौचालय र एउटा धाराले धान्नुपर्ने अवस्था छ। संक्रमण बढ्दैजाँदा आइसोलेसनको अभाव देखिएको छ, क्वारेन्टाइनहरुमा शौचालय र धारा लगाउन सरकारलाई कसले रोकेका छ?’ यादवले प्रश्न गरे।

‘भारतका साथै रोजगारीका लागि विदेशमा रहेका प्रदेशका नागरिकहरु फर्किइरहेका छन्। कोरोना महामारीका कारण यहाँ रहेका कतिपय बेरोजगार भइसकेका छन्’, नेता यादवले भने, ‘बेरोजगार भएका प्रदेशका नागरिकलाई व्यवस्थापन गर्न सरकारसँग कुनै योजना देखिएको छैन। सरकार ‘भिजनलेस’ भइसकेको छ।’

प्रकाशित: Jun 03, 2020| 15:51 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।