सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मसानघाटबाटै महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमान् पक्राउ

मसानघाटबाटै महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमान् पक्राउ

मसानघाटमा जलाउन तयारी अवस्थामा राखिएको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित घाघी खोलामा जलाउन लगिएको अवस्थामा २६ वर्षीय सस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

रौतहट – मसानघाटमा जलाउन तयारी अवस्थामा राखिएको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित घाघी खोलामा जलाउन लगिएको अवस्थामा २६ वर्षीय सस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी हेमबहादुर शाहीले शंकास्पद अवस्थामा जलाउन लागेको भन्ने सूचनाका आधारमा शव नियन्त्रणमा लिएको जानकारी दिए।

झुण्डिएर आत्महत्या गरेको भनिएकी महिलाको प्रहरी र माईतीपक्षलाई जानकारी नै नदिएर दाहसंस्कार गर्न लागिएको भन्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो।

माईती पक्षले नै खबर गरेर शव नियन्त्रणमा लिएको शाहीले जानकारी दिए। शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ।

‘प्रहरी आउँदै छ भन्ने सुनेर शव खोलामै छोडेर पति, सासुससुरा सबै भागेछन्’, शाहीले भने, ‘मृत्यु शंकास्पद देखिएकाले अनुसन्धान भैरहेको छ।’ भागेका मृतकका पति मुकेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Jun 03, 2020| 15:40 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।