काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका पोलिटब्यूरो सदस्य चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार काठमाडौँको माइतीघर मण्डलाबाट ढकालाई प्रहरीले पक्राउ गरेको हो। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी भएका ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले प्रतिबन्धित पार्टीले सार्वजनिक ठाउँमा प्रदर्शन गर्ने, पर्चा पम्पलेट टाँस्ने गरेकाले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए।
ज्ञवालीले उनीविरुद्ध कुनै मुद्दा छन् कि भनेर खोज्ने काम भैरहेको पनि बताए।