सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • करको ताकेता अस्वाभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारीपन : कांग्रेस

करको ताकेता अस्वाभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारीपन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कर उठाउन जारी गरेको सूचना सच्याउन माग गरेको छ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कर उठाउन जारी गरेको सूचना सच्याउन माग गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले यस्तो अवस्थामा सरकारले कर उठाउन खोजेको भन्दै भर्त्सनासमेत गरेका छन्।

‘लकडाउनका कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । त्यसका अलावा अन्य व्यवसाय, बैंक, वित्तीय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाइ भइरहेको छ। सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ,’ खाणले भनेका छन्, ‘यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठ हो।’

'सरकारको उक्त कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भर्त्सना गर्दै कोरोना रोगका कारण बन्द भएका सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकहरुका लागि सरकारले विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसको विपरीत करका लागि ताकेता गर्नु भनेको वर्तमान सरकार आम नेपाली नागरिकप्रति उदासीन रहेको प्रष्ट भएको छ,’ कांग्रेसले भनेको छ।

आमनागरिकलाई पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय रहेको भन्दै सरकारको उक्त कदम तत्काल सच्चाउन नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ।

प्रकाशित: Jun 03, 2020| 12:48 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।