सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केएमसी शिक्षण अस्पतालमा इमर्जेन्सीसहित सबै सेवा बन्द

केएमसी शिक्षण अस्पतालमा इमर्जेन्सीसहित सबै सेवा बन्द

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ । अस्पतालमा मंगलबार दुई स्वास्थ्यकर्मीसहित ४ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै आकस्मिक सहितका सबै उपचार सेवा बन्द गरिएको जनाएको छ ।

 

प्रकाशित: Jun 03, 2020| 12:01 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।