सोमबार, भदौ ८, २०८३

पाल्पामा कोरोना संक्रमित सातै जना भारतबाट फर्किएका

पाल्पामा थप दुईजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

पाल्पा- पाल्पामा थप दुईजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ।

रामपुर नगरपालिका-४ मटेरीको सहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए। दुवैजना पुरुष रामपुर नगरपालिकाको क्वारिन्टिन छन्।

यसअघि रैनादेवी छहरा गाउँपालिकामा २ जना माथागढी गाउँपालिका १ र निस्दी गाउँपालिकाका २ गरी ५ जनामा संक्रमण देखिसकेको छ। ५ जनालाई तानसेन अस्पतालको आइसोलेसनमा राखिएको छ।

पाल्पामा संक्रमण देखिएका सातै जना केही दिनअघि मात्र भारतका विभिन्न सहरबाट आएका थिए। रामपुरमा देखिएका २३ र २८ वर्षीय युवा केही दिनअघि कपिलवस्तु सीमाबाट ६ जनाको टोलीसँगै जिल्ला आएका थिए।

संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्या व्यक्तिको कन्ट्याक ट्रेसिङका आधारमा स्वाब संकलनको काम भइरहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

प्रकाशित: Jun 03, 2020| 11:45 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।