सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना सार्न खाेजेकाे भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

कोरोना सार्न खाेजेकाे भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेव रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

डोटी- जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेव रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

गाउँको बाटो हिँड्ने क्रममा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले कुँवरलाई गालीगलौज गर्दै ढुंगामुढा प्रहार गरका हुन्।

स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण गरेको घाइते स्वास्थ्यकर्मी कुँवरको आरोप छ। आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए। पक्राउ पर्नेमा शिखर नगरपालिका–७ का नवीन खत्री, रोशन खत्री र तेज लुहार छन्।

स्थानीयवासीको कुटपिट तथा आक्रमणबाट गम्भीर घाइते भएका स्वास्थ्यकर्मी कुँवरलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिए।

स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकी जाँदै गरेका कुवँरमाथि उनीहरुले आक्रमण गरेका थिए। स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई पक्राउ गरी ल्याएको र आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले बताए।

उनले भने, “स्वास्थ्यकर्मी कुँवरमाथि कुटपिटमा संलग्नलाई पक्राउ गरेका छौं। आवश्यक कानुनी कारबाही अगाडि बढाउनेछौं।”

कोभिड–१९ जस्तो महामारी रोगको नियन्त्रणका लागि आफ्नो ज्यानको परवाह नगरी दैनिक नागरिकको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको यहाँका स्वास्थ्यकर्मीले विरोध गरेका छन्।

नेपाल स्वास्थ्यकर्मी संघ डोटीले मंगलबार विज्ञप्ति प्रकाशित गरी घटनाको भर्त्सना गर्दै दोषीलाई तत्काल कानूनी कारवाही गर्नुपर्ने माग गरेको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटले समग्र स्वास्थ्य क्षेत्रमा असर परेकाले तत्काल दोषीलाई कारवाही नगरे कडा आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ।–रासस

प्रकाशित: Jun 03, 2020| 11:20 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।