सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यरातमा शौचालय जाँदा ढलेकी महिलाको क्वारेन्टिनमै मृत्यु, कोरोना परीक्षण हुँदै

मध्यरातमा शौचालय जाँदा ढलेकी महिलाको क्वारेन्टिनमै मृत्यु, कोरोना परीक्षण हुँदै

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टिनमा एक महिलाको मृत्यु भएको छ ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टिनमा एक महिलाको मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिकाको असिग्राम माध्यामिक विद्यालयमा रहेको क्वारेन्टिनमा रहेकी सोहि गाउँपालिकाकी वडानम्बर २ की ३० वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको हो ।

राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएर ढलेकी थिइन् । उनको केहि समयमै क्वारेन्टिनमै मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिए ।

प्रहरीका अनुसार उनी आफ्ना श्रीमानसहित ४ दिनअघि भारतबाट फर्केकी थिइन् । उनको मृत्यु कसरी भयो भन्नेबारे जिल्ला स्वास्थ्य कार्यालयले बुझिरहेको बताएको छ । उनको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।

प्रकाशित: Jun 03, 2020| 09:17 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।