सोमबार, भदौ ८, २०८३

दुई सहायक वन अधिकृत घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।
 |  बुधबार, जेठ २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २१, २०७७

इटहरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो ।

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो ।

सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु एक/एक लाख घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो। रासस

प्रकाशित: Jun 03, 2020| 08:52 बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।