भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २२१ जनाको ज्यान गएको छ। त्यसैगरी ८ हजार ८१३ संक्रमित थपिएका छन्।
भारतमा अहिलेसम्म कोरोनाका कारण ५ हजार ८२९ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या २ लाख ७ हजार १८३ पुगेको छ। यीमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
१ लाख २८५ कोरोना संक्रमित भने संक्रमणमुक्त भएका छन्।