काठमाडौं- रुकुम पश्चिमको सोती घटनामा बेपत्ता गोविन्द शाहीको शव भेरी नदीमै फेला परेको छ।
शाहीको शव ११ दिनदेखि पछि मंगलबार दिउँसो भेरी नगरपालिका १२ स्थित खोदाखोला नजिकै फेला परेको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए।
शाहीको शव नदीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको श्रेष्ठले बताए। योसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनामा ६ जनाको मृत्यु भएको छ।
शाहीसहित ६ जना जेठ १० गते साँझदेखि बेपत्ता थिए। जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहितको टोली विवाहका लागि गत शनिबार रुकुम पश्चिमस्थित चौरजहारी ८ सोती पुगेको बेला उनीहरुमाथि स्थानीयले आक्रमण गरेका थिए।
भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव घटना भएकै दिन नदीमा शव फेला परेको थियो भने बुधबार दिउँसो भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र बिहीबार सन्दीप विकको शव फेला परेको थियो।
मल्ल थरकी एक किशोरीसँगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न नवराज साथीहरु लगेर जाँदा उक्त घटन भएको थियो।