सुर्खेत- जुम्लामा निषेधाज्ञा पुनः २ दिन थप गरिएको छ। निषेधाज्ञा पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जेठ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए। यस अवधिमा अनुमति प्राप्त सवारीसाधान, एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन र औषधि उपकरण तथा उपचारका सामग्री उत्पादन, बिक्रीवितरण र ढुवानी गर्न पाइनेछ।
तर औषधि खरिद तथा स्वास्थ्य सेवाका लागि बाहेक कुनै पनि व्यक्तिलाई घरबाट निस्कन बन्देज गरिएको छ।
कोरोना भाइरस संक्रमण रोक्न भन्दै जुम्लामा चैत १० गतेदेखि नै निषेधाज्ञा जारी गरिएको थियो। जुम्लामा हालसम्म दुई हरीसहित १९ जनामा कोरोना संक्रमण देखिएको छ।