सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस उपसभापति निधिले दिए पीपीईलगायतका स्वास्थ्य सामग्री

कांग्रेस उपसभापति निधिले दिए पीपीईलगायतका स्वास्थ्य सामग्री

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाका क्वारेन्टाइनमा पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग गरेका छन्। उपसभापति निधिले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ स्थित क्वारेन्टाइनहरुमा पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाका क्वारेन्टाइनमा पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन्। उपसभापति निधिले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ स्थित क्वारेन्टाइनहरुमा पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।

क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै निधिले गरेको स्वास्थ्य सामग्री सहयोग तरुण दल धनुषाले मंगलबार वितरण गरेको छ।

जनकपुरधामको गोपाल धर्मशाला, नगराईन नगरपालिकाको गंगुली, धनौजी गाउँपालिका, नगराईन नगरपालिकाको वडा नम्बर २, र ७, जटही सीमा प्रहरी चौकी र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको चारवटा क्वारेन्टाइनमा पीपीईलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको तरुण दल धनुषाका सभापति संजय कर्णले जानकारी दिए।

कोरोना संक्रमितको संख्या बढिरहेकाबेला क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मीसमेत संक्रमित हुनथालेपछि स्वास्थ्य सामग्री वितरण गरिएको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले बताए।

विभिन्न क्वारेन्टाइनहरुमा ६० थान पीपीई, १० थान थर्मल गन, ६० थान एन–९५ मास्क, ६ सय थान पञ्जा वितरण गरिएको साहले जानकारी दिए। सामाग्री वितरण गर्न तरुण दलका सभापति कर्ण, उपसभापति साहसहित सदस्यहरु ज्ञानेन्द्र कर्ण, सुभाष झा, राहुल मिश्र क्वारेन्टाइनमा पुगेका थिए।

प्रकाशित: Jun 02, 2020| 19:49 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।