सुर्खेत– भोलि (बुधबार) देखि सुर्खेतका सबै पसलहरु खुलाउने निर्णय उल्टिएको छ। सुर्खेत उद्योग वाणिज्य संघले सबै पसलहरु खुलाउन गरेको निर्णय ४ घण्टा वित्न नपाउँदै उल्टिएको हो। उद्योग व्यवसायी र जिल्ला प्रशासन बीच भएको छलफलपछि तत्काललाई सम्पूर्ण पसलहरु नखुल्ने भएका हुन्।
कोरोना संक्रमणबाट व्यवसायीहरुमा परेका समस्या समाधानका लागि व्यवसायी र प्रशासनबीच छलफल गरेर अघि बढ्ने निर्णयपछि पसल खुलाउने निर्णय उल्टिएको हो। संघले व्यवसायीका माग सम्बोधन गर्न प्रशासन सकारात्मक देखिएकाले निर्णयबाट पछि हटेको जनाएको छ भने जिल्ला प्रशासन कार्यालयले अर्काे व्यवस्था नभएसम्मका लागि अत्यावश्यक पसहलहरुमात्रै पूर्ववत समयमा खोल्ने निर्णय गरेको जनाएको छ।
