सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकसेवाको परीक्षामा सामेल हुन कोरोना परीक्षण अनिवार्य

लोकसेवाको परीक्षामा सामेल हुन कोरोना परीक्षण अनिवार्य

लोकसेवा आयोगको परीक्षामा सामेल हुन कोरोना भाइरस परीक्षणको रिपोर्ट अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं- लोकसेवा आयोगको परीक्षामा सामेल हुन कोरोना भाइरस परीक्षणको रिपोर्ट अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ।

आयोगले विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह (अप्राविधिक/प्राविधिक) विभिन्न पदका विज्ञापनहरुको द्वितीय चरणका परीक्षा एवं अन्तर्वार्तामा सहभागी हुने प्रतियोगीहरुका लागि मंगलबार यस्तो सूचना जारी गरेको हो।

आयोगको सूचनामा भनिएको छ, 'मामिला प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यकावाहिर गई आएका उम्मेदवारहरुले अन्तर्वार्ताअगावै आफ्नाे कोभिड–१९
पीसीआर परीक्षण गराई सोको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य वुझाउन अनुरोध गरिन्छ।'

प्रकाशित: Jun 02, 2020| 19:00 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।