सोमबार, भदौ ८, २०८३

कोरोना नियन्त्रणमा सरकार संवेदनशील भएन : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन गरी गरिब, ज्यालादारी मजदुर र असहाय जनताप्रति संवेदनशील हुन नसकेको आरोप लगाएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन गरी गरिब, ज्यालादारी मजदुर र असहाय जनताप्रति संवेदनशील हुन नसकेको आरोप लगाएको छ।

लकडाउन गरिएको दुई महिना बितिसक्दा पनि सरकारले कार्ययोजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकाले कोरोना संक्रमणले देशमा विकराल स्थिति सिर्जना गरेको ठहर राप्रपाको छ।

पार्टीका तीनै अध्यक्ष पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सरकारले कोरोनाविरुद्ध औषधि उपलब्धता, भण्डारण र व्यवस्थापनमा लापरबाही गरेको छ। अझ औषधी खरिदमा भएको भ्रष्टाचारलाई पनि छोप्ने प्रयासले जनतामा निराशा र आक्रोश दुवै बढेर गएको छ।'

राप्रपाले क्वारेन्टिन र आइसोलेसनका व्यवस्थामा देखिएको लापरबाही प्रवृत्तिले जनता पीडित भएको र महामारी बढ्दा सरकारी संयन्त्र निरीह भई ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।

कोरोना नियन्त्रणको जिम्मा स्थानीय तहलाई दिइए पनि साधन, स्रोत र स्पष्ट मार्गनिर्देशन अभावमा स्थानीय सरकारलाई प्रभावकारी बनाउन नसकिएको राप्रपाले जनाएको छ।

राप्रपाले भनेको छ, 'भारतबाट हजाराैं  नेपाली देशमा आउँदै छन्। उनीहरुको स्वास्थ्य स्थितिबारे साधारण अनुगमन गर्न पनि सरकार असफल हुँदै छ। उनीहरु ग्रामीण क्षेत्रमा पुग्दा त्यसबाट कोरोना गाउँ–गाउँमा फैलिने सम्भावनाबारे राज्य आफ्नो जिम्मेवारीबाट पन्छिएको छ।'

प्रकाशित: Jun 02, 2020| 18:00 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।