सोमबार, भदौ ८, २०८३

भेरी नदीमा बगेर तीन बालबालिकाको मृत्यु

डोल्पाको भेरी नदीमा बगेर ३ जना बालबालिकाको मृत्यु भएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

डोल्पाको भेरी नदीमा बगेर ३ जना बालबालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका वडा नं. ९ मोतिपुरका १० वर्षिय विजय कठायत, ११ वर्षिया गंगा कठायत र १२ वर्षिया यसोदा भण्डारी छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी नारायण रञ्जितकारका अनुसार गंगाको उद्धार हुन नपाउँदै मृत्यु भएको हो भने विजय र यशोदाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। बालबालिका बगिरहेको देखेपछि जुफाल विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएका थिए।

ती बालबालिका नदीको बगरमा गार्इबस्तु चराउन गएका थिए । पानी पिउन नदीमा गएका गार्इबस्तुलाई फर्काउने क्रममा उनीहरु बगेको हुनेसक्ने प्रहरीको भनाइ छ ।

 

प्रकाशित: Jun 02, 2020| 17:54 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।