सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संघीयता खारेज गर्ने प्रावधानसहित संविधान संशोधन प्रस्ताव दर्ताको तयारीमा जनमोर्चा

संघीयता खारेज गर्ने प्रावधानसहित संविधान संशोधन प्रस्ताव दर्ताको तयारीमा जनमोर्चा

राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने प्रावधानसहित संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराउने भएको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेज गर्नुपर्ने प्रावधानसहित संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराउने भएको छ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले उक्त विधेयक बुधबार संसद सचिवालयमा दर्ता गर्न लागिएको जानकारी दिइन्।

मंगलबार विधेयक दर्ता गराउन गएकी सांसद पौडेलको ढाँचा नमिलेको भन्दै सच्याएर ल्याए भोलि दर्ता गर्ने संसद् सचिवालयले जनाएको छ।

सांसद पौडेलले नेपाल समयसित भनिन्, ‘संघीयतासम्बन्धी धारा उपधारा सबै खारेज हुने गरी विधेयक तयार पारेका छौं। देशमा संघीयता आवश्यक नरहेकोले खारेज गर्न एक्लै भए पनि प्रस्ताव दर्ता गराउन लागेकी छु।’ 

संघीयता खारेजी सम्बन्धी विकेयक संसदमा छलफल भएमा अरु दलले पनि सहयोग गर्ने दाबी उनको छ। पाैडेल राष्ट्रिय जनमाेर्चाकी एक मात्र सांसद हुन्।



प्रकाशित: Jun 02, 2020| 17:20 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।