सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिसन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, केही दिनअघि मुम्बईबाट आएका थिए

मिसन अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, केही दिनअघि मुम्बईबाट आएका थिए

पाल्पामा एक व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ। ४६ वर्षिय रामबहादुर मगरको मिसन अस्पतालको आइसोलेसमा मंगलबार मृत्यु भएको हो।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

पाल्पामा एक व्यक्तिको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ। ४६ वर्षिय रामबहादुर मगरको मिसन अस्पतालको आइसोलेसमा मंगलबार मृत्यु भएको हो।

उनको स्वाब परीक्षणको रिपोर्ट नआएकाले कोरोना संक्रमणबाट मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए। मृतक मगरलाई सास फेर्न कठिन भएको र सुख्खा खोकी लागेको उनले जानकारी दिए ।

मगर पूर्वखोला गाउँपालिका १ सिलुवाका हुन्। उनी वडा नम्बर २ जल्पाको शम्भु माविको क्वारेन्टिनमा बस्दै आएका थिए। स्वास्थ्य अवस्था विग्रँदै गएपछि सोमबारमात्र उनलाई मिसन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए।

भारतको मुम्बईबाट आएका मगर जेठ १८ गते क्वारेन्टिनमा पुगेका थिए। मृतकको स्वाब संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

मृत्युपछि पुनः स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पाल्पामा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित: Jun 02, 2020| 16:56 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।