सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३७ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ३७ पुग्याे

गण्डकी प्रदेशमा कोराेना संक्रमितकाे संख्या ३७ पुगेको छ।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

पाेखरा- गण्डकी प्रदेशमा काेराेना भाइरस संक्रमितकाे संख्या ३७ पुगेको छ।

पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२, २६, ३२ र ४० का पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक पुरुष गरी थप पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

पर्वतको फलेवास घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० र ४० का दुई पुरुष र महाशिला गाउँपालिका वर्ष १९, २० र २१ का तीन पुरुष गरी पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

नयाँ पुष्टि भएका सबै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको छ। 

हालसम्म स्याङ्जामा १२, बाग्लुङमा आठ, नवलपरासीमा नौ, पर्वतमा पाँच, तनहुँ, लमजुङ तथा म्याग्दीमा एक–एक गरी कुल ३७ जना सङ्क्रमित छन्।  तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म तीन हजार ७०१ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३०१ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ३६३ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।

प्रकाशित: Jun 02, 2020| 16:32 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।