सोमबार, भदौ ८, २०८३

२८८ जना कोरोना संक्रमित थपिए, कुल संख्या २०९९

नेपालमा आज (मंगलबार) कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन्।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

नेपालमा आज (मंगलबार) कोरोना भाइरसका २८८ जना संक्रमित थपिएका छन्।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यीमध्ये १८ जना महिला छन् भने बाँकी पुरुष।

संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको छ। 

योसँगै कोरोना संक्रमितको कुल संख्या २ हजार ९९ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट ७५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४४० जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ जनाको परीक्षण भएको छ।

अहिले देशभर १ लाख ४५ हजार ३७५ जना क्वारेन्टिनमा छन्। क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन्।

त्यसैगरी देशका विभिन्न अस्पतालमा १ हजार ८२५ जना आइसोलेसनमा छन्।

जना कोरोना संक्रमणबाट २६६ जना मुक्त भएका छन्।

हालसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jun 02, 2020| 16:28 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।